कोरोना त्रा,स – जनहितमा जारी गर्दै जिप्रका धनकुटाले निकाल्यो यस्तो सूचना
धनकुटा खबर । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाका कुनैपनि स्थानमा ठूला सभा सम्मेलन नगर्न सम्वन्धित सवैलाई अपिल गरेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भा,ईरसको सं,क्रमणवाट स,र्तकता अपनाउन यस्ता कार्यक्रमहरु नगर्न सरकारले गरेको आ,ह्वान अनुसार धनकुटा जिल्लाका पनि यस्तो अपील गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरेले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठन (WHO) ले नेपाललाई समेत कोरोना भा,ईरसको उच्च जोखिममा राखेको समचारहरु आईरहेको वेला सर्वसाधारणको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै प्रशासनले आज एक अपील पत्र जारी गर्दै मानिसको भी,डभा,ड हुने खालका ठूला सभा सम्मेलनका औपचारिक कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रमहरुमा सहभागिता नजनाउन भनिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले वताउनुभयो ।

प्रशासनको यो अपील सँगै धनकुटाको डाँडाबजारमा पर्यटन बर्ष २०२० लाई लक्षित गर्दैहुन लागेको प्रथम डाँडाबजार महोत्सव तथा डाँडाबजार गोल्डकप सहित नारी दिवस, होलि लगायतको अवसरमा हुने भनिएको कुनै पनि कार्यक्रमहरु नहुने भएको उहाँले वताउनुभयो ।
साथै व्यक्तिगत सू,रक्षा सर्तकता अपनाउन, सरसफाईमा ध्यान दिन, यसका सावधानिका उपायहरु छरछिमेकलाई समेत जानकारी गराउन प्रशासनले अपिल गरेको छ ।



