प्रदेश नं १ लाई धनी बनाउन पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको : मुख्यमन्त्री राई

सोलुखु्म्बु । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासन र समृद्धिको युग भएको बताएका छन् । महाकुलुङ गाउँपालिका–१ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले जनप्रतिनिधिले जनतालाई छल्ने सुविधा नभएको बताए ।

उनले केचनाकवचदेखि सगरमाथासम्म फाष्टट्र्याक सडक र केवलकारको महत्वाकाङ्क्षी योजना, मुन्धुम ट्रेल, मध्यमहाडी लोकमार्ग, पाँचपोखरी, महाकुलुङ ताल र एयरपोर्टले गर्दा महाकुलुङ गाउँपालिकाको भविष्य उज्वल रहेको दाबी गरे ।

प्रदेश नं १ लाई धनी बनाउन पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री राईले महाकुलुङ अस्पतालको व्यवस्थापनमा सहयोग गर्ने बताए । प्रतिनिधिसभा सदस्य हेमकुमार राईले विकासमा राजनीति नगर्न आग्रह गर्दै विकासका क्रियाकलापमा गरिने राजनीतिले समृद्धि सम्भव नभएको बताए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।