कतार प्र हरीमा अब नेपाली पनि,पहिलो पटक १७९ जना नेपाली भ र्ती

काठमाडौं : १ सय ७९ जना नेपाली कतारल प्रहरीमा भर्ती भएका छन् । कतारले नेपालीलाई प्रहरी सेवामा लिएको यो पहिलो पटक हो । कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो । उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ ।

तालिम सकिएसँगै उनीहरु कार्यक्षेत्रमा खटिएका छन् । यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो। नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो। प्रहरी तालिमको समापनमा बोल्दै नेपाली दूतावासका उपप्रमुख लक्ष्मण खनालले इमानदारीको साथ कायस्थलमा आफ्नो दायित्व निर्वाह गर्न नेपालीलाई आग्रह गरे ।

कतारमा झन्डै चार लाख नेपाली कामदार छन् । प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभाव कारी हुने कतारले विश्वास लिएको छ । कतारले पहिलो पटक एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । यस अघि कतारले नेपालीलाई कामदारका रूपमा मात्रै लैजाने गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।