लोकसेवाको परीक्षा दिन धनकुटा आएका यु,वकको मृ,त्यू
धनकुटा खबर, फागुन २४ । लोकसेवा आयोगको परीक्षा दिन धनकुटा आएका ताप्लेजुङ्ग मौवाखोला गाउँपालिका वडा न ४ का २० बर्षिय सविन शेर्पाको मृ,त्यू भएको छ ।
न्याय सेवा तर्फको नायव सुब्बा पदको परिक्षा दिन आएका शेर्पाको आज विहान धनकुटा अस्पतालमा मृ,त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख सुदर्शनप्रसाद कोईरालाले जानकारी दिनु भयो ।
शुक्रबार नै साथीसंग परीक्षा दिन आएका शेर्पा विहान परीक्षा दिन जान लाग्दा बे,होश भएको र उपचारको क्रममा धनकुटा अस्पतालमा मृ,त्यू भएको प्रहरीले जनाएको छ ।


