नेपालमा पहिलोपटक मोबाइल एपबाट नापीका काम

कास्की । नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पा,रदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज यहाँ आयोजित कार्यक्रममा सो एपको सार्वजनिक गर्दै जग्गा प्रशासनको सुधार गर्न प्रविधिलाई अधिकत उपयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हिजो प्रविधि थिएन, फि,त्ता लिएर ना,प्दै हिँड्नुपथ्र्यो, धेरै समस्या थिए । अब प्रविधिले यस्ता स,मस्याका समाधान गरिदिएको छ । अब काम छिटोछरितोसँगै बि,चौलियाको अ,न्त्यसमेत हुनेछ ।”मन्त्री अर्यालले सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न र व्यक्तिगत स्वार्थमा नलाग्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले सुशासन स्थापित गर्न प्रविधिमैत्री रूपबाट अघि बढेको जानकारी दिँदै यस एप देशैभर पु¥याइने बताउनुभयो ।

नापी कार्यालयका प्रमुख नापी अधिकृत खिमलाल गौतमले भूमि प्रशासनमा पारदर्शी र सेवाग्राहीमैत्री बनाउन ‘नापी पोखरा एसओकेपी’ मोबाइल एप तयार गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बि,चौलियाले कर्मचारीको नाम बे,चेर सेवाग्राहीलाई है,रानी दिएका छन् । अब यस एपले बि,चौलियाको अ,न्त्य गर्नेछ । सेवाग्राहीले चाहेको समयमा सेवा लिन पाउनेछन् ।”

सो एपबाट दैनिक सेवाहरु टोकन लिन, फारम भर्न, कित्ताका,ट, हालसाविक भि,डाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उ,तार, प्लट रजिष्ट्रर उ,तार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रा,यल चेक, कित्ता एकीकरण जानकारी लिन सकिने छ । एपमा कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँ,चा उपलब्ध छ । कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना र जानकारी, गु,नासो तथा उजुरी गर्ने व्यवस्था र भविष्यमा अनलाइनबाट नै राजश्व तिरी सेवा लिन सकिने व्यवस्था रहेको कार्यक्रममा जानकारी दिइयो ।

नेपालको जग्गा प्रशासनको क्षेत्रमा यस प्रकारको एप पहिलोपटक शुरु गरिएको हो । मालपोत, नापीजस्ता दैनिक सेवा प्र,वाह गर्ने सार्वजनिक निकायमा बि,चौलियाको सहयोगबिना नै सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन एप कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।