एनसेलको ‘पे एज यु गो’ प्रयोगकर्तालाई डाटा बो नस

काठमाडौं। एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले नयाँ डाटा बोनस योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत मेन ब्यालेन्स अर्थात् पे एज यु गोबाट चलाउँदा लाग्ने दुईप्रति एमबी दर ८० प्रतिशतसम्म घट्छ ।

मेन ब्यालेन्सबाटै डाटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डाटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकलाई लक्षित यो अफर आइतबारबाट सञ्चालनमा आउँदै छ । यो अफरमा डाटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डाटा सेवाको शुल्क थप घट्दै जान्छ । आजको राजधानी दैनिकमा खबर छ ।

ग्राहकले मेन ब्यालेन्सबाट डेटा सेवा चलाउँदा खर्च भएको ब्यालेन्स रकमको आधारमा त्यति नै बेला बोनस डेटा पाउँदै जाने एनसेलले जनाएको छ । ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० वा योभन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जान्छन्, त्यसै अनुपातमा तत्काल बोनस डाटा प्राप्त गर्दै जानेछन् ।

यसरी प्राप्त हुने डाटा बोनस प्रयोग गर्नका लागि दुई दिनको समयावधि हुनेछ । ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो १० रुपैयाँ खर्च गरेपछि प्रत्येक थप १० रुपैयाँ डाटामा खर्च गरेबापत २० र २० एमबी बोनस डाटा तत्काल प्राप्त गर्दै जानेछन् ।

ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स डाटा सेवामा खर्च गर्दछन् भने उनीहरूले तत्कालै २ एमबी डेटा बोनस पाउनेछन् । यसैगरी, ग्राकहले ३० ब्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबीसहित कुल करिब ६९ एमबी डाटा पाउनेछन् । ग्राहकले मेन ब्यालेन्सको १ सय डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ३९.१६ एमबी र बोनस १९७ एमबीसहित कुल २३६ एमबी डेटा पाउनेछन् ।

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । यसले ग्राहकले एक साताभित्र जति मेन ब्यालेन्सबाट पे एज यु गोमार्फत डाटामा खर्च गर्दछन् । त्यसकै हिसाबको आधारमा बोनस पाउँछन् । आफ्ना ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डाटा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित यो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि डेटा प्याक लिनु उत्तम उपाय भए पनि यो योजना डेटा प्याक नलिई पे एज यु गोमार्फत सेवा प्रयोग गर्ने ग्राहकहरूका लागि एकदमै फाइदाजनक हुने विश्वास एनसेलले लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।