होली न खेल्नू, कोरोना स र्न सक्छ : गृह मन्त्रालय

काठमाडौं, फागुन २५ । कोरोना भाइरसको संक्रमण फैलिने खतरा रहेकाले यस वर्ष फागु (होली) पर्व नमनाउन गृह मन्त्रालयले सबै नागरिकलाई आग्रह गरेको छ।

होली मनाउन भिडभाड गर्ने, लोलापानी फ्याँक्ने, रङ/अबिर दल्ने गर्दा कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन जोखिम बढ्ने भएकाले यसपटक होली नमनाउन गृहले विशेष आग्रह गरेको हो।

‘भिडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम कोभिड १९ को सम्भावित जोखिमका सन्दर्भमा हाललाई स्थगित गर्न र सन्निकट होलदीमा विगतमा जस्तै भिडभाड, भेला जम्मा हुने, लोलापानी फ्याँक्ने, शरीरमा रङ, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्न/नगराउन हुन आम दाजुभाइ, दिदीबहिनीहरूमा अनुरोध छ,’ शनिबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भनेको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा कोरोनाको त्रास फैलिएको मौकामा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबाजरी गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि आग्रह गरिएको छ।

साथै कोरोनाको भ्रममा परेर दैनिक उपभोग्य वस्तु एवं खाद्यपदार्थ भण्डारणमा नहतारिन पनि गृहले अनुरोध गरेको छ।-नेपाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।