कोरोना भा इरस : इटालीमा एकै दिनमा १३३ काे ज्या न गयाे, १४ सय भन्दा बढीमा नयाँ सं क्रमण

एजेन्सी। विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट इलाटीले एकै दिनमा १ सय ३३ जनाको मृ त्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुसार आइतबार मात्रै इटालीमा थप १ हजार ४ सय ९२ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

यो सँगो इटालीमा कोरोना भाइरसबाट मृ त्यु हुनेको संख्या ३ सय ६६ पुगेको छ भने सं क्रमण हुनेको संख्या ७ हजार ३ सय ७५ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

इटालीमा अहिले ६ सय ५० जना जटिल अवस्थामा छन् भने ६ सय २२ जनाको पूर्ण रुपमा निको भएका छन् । इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएइसकेको छ ।

चीन बाहिर सबै भन्दा धेरै संख्यामा मानिसको मृ त्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखा परेको यस प्रकोपले विश्वका यस भन्दा धेरै देशलाई प्रभाव पारिरहेको छ ।

विश्व बैंकका अनुसार जापान पछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ, र नयाँ कोरोनाभाइरसबाट वृद्धहरू गम्भीर बि रामी हुने सम्भावना बढी देखिन्छ ।

विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख १० हजार नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ८ सय २८ जनाको मृ त्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।