छ महिनादेखि भोजपुर–विराटनगर नि यमित उ डान ब न्द हुँदा स्थानीयलाई स मस्या

भोजपुर । विगत छ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान ब न्द हुँदा स्थानीयलाई स मस्या भएको छ । उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई प्रत्यक्ष मार परेको छ । बाहिरका अस्पतालमा सिफारिस गरिएका विपन्न वर्गका बिरामी नौ घण्टा लगाएर एम्बुलेन्समा कष्टकर यात्रा गर्न बाध्य छन् ।

एम्बुलेन्सबाट लामो समय लगाएर यात्रा गर्नुपर्दा कतिपयको बाटोमै मृ त्युसमेत हुने गरेको छ । विभिन्न समस्या देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेपछि सर्वसाधारणलाई सास्ती भएको हो । उडान नहुँदा लेगुवा पाख्रीबास सडकखण्डको कच्ची बाटोले यात्रुलाई झनै सास्ती हुने गरेको छ । सरोकारवाला पक्षले बेवास्ता गर्नाले पनि नियमित उडान गराउन नसक्दा सर्वसाधारण लामो यात्रा गर्नुपरेको यात्रु सुनाउँछन् ।

स्थानीय मोहन आलेले भने, “बिना कारण लामो समयदेखि भोजपुर–विराटनगर उडान सेवा बन्द हुँदा हामीलाई सास्ती थपिएको छ, आपत्कालीन रुपमा बिरामी भएर विराटनगर जानुपरेमा अति समस्या छ, बस तथा एम्बुलेन्सको माध्यमबाट जाँदा कतिपयको बाटोमा नै ज्या न गएको अवस्था पनि छ, यसलाई जसरी पनि सञ्चालन गर्न आवश्यक छ ।”

आकस्मिक बिरामीलाई साना तथा ठूला सवारीसाधनबाट यात्रा गर्दा ढिलो हुने, बाटोमा समस्या हुनाले बिरामीलाई थप समस्या हुने गरेको छ । यसअघि हप्ताको आइतबार, मङ्गलबार र बिहीबार गरी चार पटक उडान भर्दै आएको नेपाल वायुसेवा निगमले यात्रु सङ्ख्या घटेकाले केही समयका लागि उडान रद्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको छ ।

सर्वसाधारणको माग बढ्दै गएकाले उडान सञ्चालनका लागि स्थानीय सरकार र जिल्लास्थित सरोकारवालासँग समन्वय गरी माथिल्लो निकायमा निवेदन गरिएको निगमका प्रमुख दिनेश सुन्दासले बताए । उनले भने, “स्थानीयले नियमित उडानको काम गरिरहेकाले माथिल्लो निकायसँग सञ्चालनको पहल भइरहेको छ ।”

जिल्लाको एकमात्र विमानस्थलबाट भोजपुरदेखि विराटनगर हवाई उडानलाई निरन्तता दिन स्थानीय, प्रदेश सरकारसँगै सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।