आजबाट ब न्द भयो कतारका लागि श्र म स्वी कृति

काठमाण्डौ : सरकारले वैदेशिक रोजगारीमा कतार जानेको श्रम स्वीकृति आज मंगलबार देखि ब’न्द गरेको छ। कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएसँगै मंगलबार देखि अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति ब’न्द गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।

‘कतारले नै नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ, त्यसैले आजदेखि पुन : र नयाँ श्रम स्वीकृति दुवै हुँदैन’ प्रमुख बस्नेतले भन्नुभयो। यस्तै, नेपालमा रहेको कतार भिसा सेन्टरको पनि आज मंगलबार देखि अर्को सूचना नआउँदा सम्मका लागि सेवा ब’न्द भएको सेन्टरका प्रबन्धक गौरव क्षेत्रीले जानकारी दिनुभयो । भिसा सेन्टरले रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक, स्वास्थ्य परीक्षण, औँठा छाप लिने र करारपत्रमा हस्ताक्षर लगायतको काम गर्छ ।

‘नयाँ जान चाहनेका लागि सबै प्रक्रिया अहिलेलाई रोक्नू भन्ने निर्देशन कतार सरकारकै भएकाले आजबाट सेवा ब’न्द भएको छ, तर यसअघि मेडिकल प्रक्रिया गरेकाहरुको लागि पुनः मेडिकल गर्नु पर्ने भएमा भने सेवा दिइएको छ,’ सेन्टरका प्रबन्धक क्षेत्रीले भन्नु भयो । घर बिदामा आएर फर्किन नपाउनेहरुले आफ्नो रोजगारदातासँग छलफल गर्न सक्ने सेन्टरका प्रबन्धक क्षेत्रीले बताउनु भयो । उनीहरुको सम्बन्धमा पछि मात्रै निर्णय हुने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनु भयो। नेपालमा अहिले सम्म कोरोनाको संक्रमण नदेखिए पनि विश्व स्वास्थ्य संगठनले जोखिमको सूचीमा राखेको छ ।

रोकियो उडान : कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएसँगै नेपालको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान रोकेको छ । हिमालय एयरलाइन्सले सोमबार देखि लागू हुनेगरी कतारमा निर्धारित सबै उडान अर्को सूचना जारी नभएसम्मका लागि रद्द भएको हो । ९ मार्चपछि काटिएका सबै टिकट फिर्ता गर्न सकिने वा निःशुल्क मिति परिवर्तन गर्नसक्ने सुविधा दिइएको एअरलाइन्सले जनाएको छ ।

यस्तै, कतार एअरवेजले भने ट्रान्जिट र कतारबाट फर्किनेका लागि उडान भर्ने भएको छ । तर ट्रान्जिटका रुपमा कतारको विमानस्थलमा ओर्लन भने पाइने छैन । एयरवेजले दोहामा पूर्वनिर्धारित टिकटहरु निःशुल्क फिर्ता वा मिति परिवर्तन गर्न सकिने जनाएको छ । साथै, नेपाल एयरलाइन्सले पनि कतारका लागि अस्थायी रुपमा उडान राेकेकाे जनाएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।