दुई दिन असिना-पानी र हा वाहुरीको स म्भावना
काठमाडौं, फागुन २९ । नेपालमा पश्चिमी वायुको प्रभावले मौसम बदली हुने क्रम बढ्दै गएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) पश्चिमी वायुको प्रभाव पश्चिम क्षेत्रमा सीमित भए पनि भोलि (शुक्रबार) यसको असर देशभर फैलिनेछ।
‘आज दिउँसो/साँझपख पश्चिमका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ,’ महाशााखाका मौसमविद् मीनकुमार अर्यालले बिहीबार बिहान नेपालखबरसँग भने, ‘भोलि (शुक्रबार)देखि भने पश्चिमी वायुको प्रभाव देशभर फैलिने र देशका धेरै ठाउँमा हावाहुरीसहित असिना–पानी पर्ने सम्भावना देखिएको छ।’
उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायु दुवैको प्रभावले आंशिक बदली भएको छ भने मध्य र पूर्वी पहाडमा स्थानीय वायुको प्रभावले मौसम आंशिक बदली छ।
आंशिक बदली भनेको कहिले घाम कहिले बादल देखिने अवस्था हो।
पश्चिमबाहेक देशका अन्य स्थानका तराई क्षेत्रमा भने अहिले मौसम सामान्यतया सफा छ।
काठमाडौं उपत्यकामा पनि अहिले मौसम आंशिक बदली छ। काठमाडौं उपत्यकासहति मध्य र पूर्वी क्षेत्रमा आज पानी पर्ने सम्भावना नरहेको मौसमविद् आर्यालको भनाइ छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २९ गते
दिउँसोः देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ। पश्चिमी भूभागका थोरै स्थानहरुमा दिउसोरसाँझपख मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ। पहाडि भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
फागुन ३० गते
दिउँसोः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भूभागका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित बर्षाको सम्भावना छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको संभावना छ।
रातीः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भूभागलगाएत मध्य का धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग र असिनारहावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
चैत्र ०१ गते
दिउँसोः देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भूभागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरीको समेत सम्भावना छ।
रातीः देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित बर्षाको सम्भावना छ।-नेपाल खबर


