आज नायिका आँचल शर्माको बिहे!
काठमाडौं । नायिका आँचल शर्मा र डा. उदिप श्रेष्ठबीच आज विवाह हुँदैछ । काठमाडौंको एक पाँच तारे होटलमा विवाह हुन लागेको हो । बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ ।
एक वर्ष लामो प्रे,म स,म्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका हुन् । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहे,न्दी समारोह आयोजना गरिसकिएको छ । आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् ।


