कोरोनाको कारण सरकारले यी देशको भिसा रो,क्ने निर्णय गर्यो
काठमाडौं । फागुन २९ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोराना भा,इरस (कोभिड–१९) लाई विश्वव्यापी महामा,रीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सं,क्रम,ण फै,लिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ।
चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।
‘शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ’, कोभिड–१९ सं,क्रम,ण नि,यन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा खतिवडाले जानकारी दिए।
थप कुनकुन देशको भिसामा रो,क लगाइएको हो भन्ने बारेमा भने उनले खुलाएनन्। सूचना एकद्धा,र प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्,वजनिक गर्ने मन्त्री खतिवडाले बताए।
उनले हवाई उडानमा भने कटौती नगरिएको जानकारी दिए। भिसा रो,किएपछि स्वतः कटौती हुने उनले बताए। यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रो,क लगाएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकमा डब्लुएचओले महामारीको रुपमा घोषणा गरेपछिको उत्पन्न जोखिमको समीक्षा गरी नेपालमा गर्नुपर्ने आवश्यक तयारीका विषयमा थप छलफल भएको थियो ।
छिमेकी मुलुक भारतमा पनि सं,क्रमणको सङ्ख्या बढ्दै गएको अवस्थामा आजको बैठकले थप उच्च सतर्कता अपनाउने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रहनुभएका प्रवक्ता डा खतिवडाले जानकारी दिए।
भारतले आफ्नो देशको ना,कामा नियमन गर्दै खास ना,काबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ । त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको उनले जानकारी दिए। पछिल्लो दिनमा समितिको बैठक नियमित जसो बस्दै आएको छ । बुधबार मात्रै सर्वदलीय बैठक बसेर रोग भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय भएको थियो।
थप पूर्वतयारीमा सरकार
अहिलेसम्म मुलुकमा कुनै स,ङ्क्,रमण भएको छैन। विश्व स्वास्थ्य स,ङ्गठनले नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेको अवस्थामा सं,क्रम,ण भइहालेमा त्यो बेलाको तयारीका लागि अहिलेदेखि नै क्वारेन्टाइन सेन्टर र आइसोलेसन वार्ड तथा उपकरणहरु र उपचारका लागि चाहिने य,न्त्रहरुको आपूर्ति बढाउने निर्णय बैठकले गरेको छ।
‘पूर्वतयारी स्वरुप त्यस्तो सेन्टर बनाउँदा सम्भव भएसम्म घना वस्तीभन्दा पर तयारी गर्ने निर्णय भएका छ, त्यसको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयले मिलाउने भनिएको छ’ मन्त्री डा खतिवडाले भने। आवश्यक परेमा सुरक्षाकर्मीले तत्कालै संरचना बनाउन सक्ने गरी जाने गरी तयारी थाल्ने बैठकको निष्कर्ष छ।
पूर्वतयारी स्वरुप मेडिकल कलेजका स्वास्थ्यकर्मी, रेडक्रस, स्काउट तथा मेडिकल क्षेत्रका सामाजिक संस्थाका प्रतिनिधिलाई स्वयंसेवकको रुपमा परिचान गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ। स,ङ्क्र,मण नदेखिँदासम्म विद्यालय र परीक्षा भने नियमित सञ्चालन गरिने भएको छ। मन्त्री डा खतिवडाले भने, ‘कुनै समस्या आएमा तत्कालै स्कुल बन्द गर्न सक्ने गरी निर्णय लिएर जाने कुरा भएको छ, अहिले नै ब,न्द गर्ने निर्णय भने भएको छैन।’
उनले सरकारकातर्फबाट सार्वजनिक समारोह, भेला कम गर्ने र सामाजिक रुपमा विवाह भोजहरु कम गरी आफैँ पनि स,तर्कता अपनाउन सार्वजनिक अपिल गर्ने निर्णय गरेको जानकारी दिए। समितिका संयोजक उपप्रधानमन्त्री तथा र,क्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उक्त बैठक बसेको थियो। रासस


