बि दामा आएका श्र मिकले पुन: श्र म स्वी कृति न पाउने, प्र’तिबन्ध न खुल्दा सम्म पर्खन आग्रह

काठमाण्डौ : तपाईँ वैदेशिक रोजगारीबाट घर बिदामा फर्किनुभएको छ ? कोरोना भाइसरका कारण पुन: श्रम स्वीकृति पाइन्छ या पाईंदैन भनेर अन्यौलमा पर्नुभएको छ ? अथवा स्वदेश फर्किने तयारीमा हुनुहुन्छ, तर कोरोनाको जो’खिमका कारण फर्किन पाइन्छ कि पाईंदैन भनेर अलमलमा हुनु हुन्छ ?

वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतका अनुसार विदेशमा रहेका नेपालीलाई स्वदेश फकर्न रोक नलगाए पनि वैदेशिक रोजगारीमा जानेले पुन: श्रम स्वीकृति भने पाउँदैनन् । श्रम स्वीकृतिको म्याद ९१ दिन बाँकी छ भने विदेश फर्किन सकिने, तर सरकारले पुन: श्रम स्वीकृति भने नदिने प्रमुख बस्नेतले बताउनु भयो ।

‘पासपोर्टमा जति दिनको श्रम स्वीकृतिको म्याद भए पनि हामी रोक्दैनौं, तर यस्तो बेलामा आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ’ प्रमुख बस्नेत भन्नुहुन्छ, ‘अहिले सरकारले अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द गरेको पनि आफ्नो नागरिकको सुरक्षाकै लागि हो, त्यसैले विदेश जानुभन्दा पनि यस्तो बेला सतर्कता अपनाऔं ।’ शनिबार देखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले घरमै १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

यस्तै कोरोना भाइरसको संक्रमण जोखिम धेरै भएको आठ देश इरान, इटली, दक्षिण कोरिया, जापानका, स्पेन, फ्रान्स र जर्मनीका नागरिक लाई सरकारले आउँदो वैशाख १८ गतेसम्मका अनअराइभल भिसामा बन्द गरेको छ । तर यी देशसहित सबै सबै देशमा रहेका नेपाली नागरिकले चाहेमा र ती देशले पठाएमा स्वदेश फर्कन सक्छन् । तर श्रम स्वीकृति लिएर काममा फेरि फर्किनुपर्ने श्रमिकले भने यस्तो अवस्थामा पुन:श्रम स्वीकृति भने पाउने छैनन् ।

स्वदेश फर्किएका कतिपयको फर्किनुपर्ने समय गुज्रिसकेको हुन सक्छ । तर यस्तो अवस्थामा कोरोनाको जोखिमबाट बच्न र उच्च सतर्कता अपनाउन ताहाचल कार्यालयका प्रमुख बस्नेत आग्रह गर्नुहुन्छ । ‘गन्तव्य देशहरुले कोरोनाको जोखिम कम छ भनेर भन्नेबित्तिकै त सरकारले श्रम खुलाइनै हाल्छ,’ उहाँ भन्नुहुन्छ, ‘यसबेला भिसा सकियो भने बरु स्वदेश फर्कनु होस्, यहीँ हुनुहुन्छ भने पनि आफू र आफ्नो परिवार सुरक्षित रहनुहोस् ।’

अहिले नेपालीको श्रमको प्रमुख गन्तव्य देशहरुमा पनि कोरोनाको जोखिम बढ्दो छ । यूएईमा त दुई नेपाली श्रमिकमा नै कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । कतारले नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ भने कतारमा कार्य रत श्रमिक बिदामा नेपाल फर्किएका छन् भने प्रतिबन्ध नखुल्दासम्म कुर्न कतारको गृह मन्त्रालयले अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।