कतारमा दुई हजार नेपाली क्वा रेन्टाइनमा

एजेन्सी | कतारले कोभिड–१९ सं क्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको कान्तिपुर दैनिकमा समाचार छ ।

त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औधोगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।उनीहरुलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।

क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरुको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् । क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरु पनि छन् । त्यसमा धेरैजसो सेल्सम्यानका काम गर्नेहरु छन् ।

कतारको सर्वाजनिक स्वस्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को सं क्रमण देखिएको छ । क्वारेन्टाइनमा राखिएका कामदारहरुमै सं क्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

सं क्रमण देखिएकामध्ये चार जना उपचार सफल भएर क्याम्पमा फर्केका छन् । उनीहरु फिलिपिनो, इरानी र सुडानी नागरिक हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।