आँचललाई जन्मदिनमा २ लाखको ब्याग उपहार – ससुरालाई नाती खेलाऊने रहर (भिडियो सहित)

काठमाडौं । नायिका आँचल शर्माले हालै मात्रै डा. उदीप श्रेष्ठसँग विवाह गरेकी छन् । गत फागुन २९ गते उनीहरुले सामाजिक परम्पराअनुसार विवाह गरेका हुन् । विवाहमा आँचलले लगाएको लेहेँगा र गहनाले चर्चा पाइरहेको छ ।नायिका आँचलले बुधबार आफ्नो जन्मदिन मनाइरहेकी छन् ।

विवाहपछिको आँचलको पहिलो जन्मदिन भएकाले विशेष मानिएको छ । विवाह र पार्टी तथा पहिरनको सर्वाधिक चर्चामा रहेका बेला उदीपले आँचललाई दुई लाख रुपैयाँ बराबरको ब्याग उपहार दिएका छन् । विवाहपछि चैत १ गते रिसेप्सन पार्टीमा हेलिकप्टर चढेर गएकी आँचलले १६ लाख रुपैयाँ बराबरको लेहेंगा र ६० लाखको हिराको गहना लगाएको विषयले अहिले सामाजिक बहस चलिरहेको छ ।

त्यस्तै विवाह पश्चातको पहिलो जन्मदिनमा आँचलले ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएकी छिन् । आँचल शर्माको जन्मदिन मनाउन आँचल र श्रीमान् उदिप श्रेष्ठ आमाबुवा सहित ‘संयुक्त अ,पाङ्ग एकता आवाज केन्द्र’ पुगेर जन्मदिन मनाएका हुन् । पहिलोचोटी आँचल आफ्नो परिवार सहित मिडियामा समेत आएकी हुन् र अन्तरक्रिया गरेकी छिन् । आँचलको आमा बुवा सहित सासु ससुराले शुभकामना दिंदै नाति नातिना खेलाउने रहर समेत व्यक्त गरेका छन् ।

उदिपको बुवाले आँचललाई बुहारी भन्दा छोरी पाएको अनुभव मिडियामा राख्दै भने, “अब नाति नातिना खे,लाउने रहर छ त्यो चाँही चाडै पुरा होस् भन्ने छ ।” आँचलसंग छोराछोरीको आशा गरेको सुन्दै गर्दा आँचल ला,जले भु,त्तुकै भएकी थिईन । आँचलले प्राय सधै आफ्नो जन्मदिनमा समाजसेवा गरेर मनाउने गरेकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।