धनकुटाका २ हजार ९ सय ५१ जना विद्यार्थीले एसईई दिँदै

धनकुटा खबर, चैत ५ । भोलिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यो वर्ष धनकुटाका २ हजार ९ सय ५१ जना विद्यार्थी सामेल हुने भएका छन् । शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाका अनुसार १६ सय १२ जना छात्रा र १३ सय ३९ जना छात्र सहित उल्लेखित संख्याका विद्यार्थीले एसईई परिक्षमा सहभागिता जनाउने भएकाहुन् ।

भोलि विहान ८ वजे देखी शूरु हुने परिक्षाका लागि जिल्लामा १८ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाका प्रमुख मोहन राईले जानकारी दिनुभयो । यी १८ वटै केन्द्रमा उत्तर पुस्तिका र प्रश्नपत्र समेत पुगिसकेको भन्दै उहाँले परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनुभयो । जिल्लामा १८ जना केन्द्रध्यक्ष खट्नेछन् ।

यसैवीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने अनुसार नै कोरोना भा,ईरसको सं,क्रम,णवाट स,र्तकता अपनाउन जिल्लाको सवै परिक्षा केन्द्रहरुमा हेल्प डेक्स र आईसोलेसन कक्ष तयार गर्ने समेत तयारी गरिएको प्रमुख राईले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।