९० प्रतिशतले घ,ट्यो धनकुटामा पर्यटन – होटल व्यवसाय जो,खिममाः कर्मचारी राख्न समेत धौ धौ
धनकुटा खबर । कोरोना भाईरस (कोभिड-१९) को सं,क्रम,ण विश्वव्यापी वन्दै गएपछि पर्यटन तथा होटल व्यवसाय प्रत्यक्ष रुपमा प्र,भावित भएकाछन् ।
यतिखेर धनकुटाको पर्यटकीय स्थलहरुमा पर्यटक आगमनको संख्या करिव ९० प्रतिशतले कमी आएको व्यवसायीहरुको भनाई छ । यो भाईरस सं,क्रम,णको आ,शंकामा पछिल्लो समय पर्यटकहरुको आगमनमा कमी आउँदा व्यवसाय नै जोखिममा परेको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तथा पर्यटन व्यवसायी जितेन्द्र रुम्दाली राईले वताउनुभयो ।
उहाँका अनुसार गएको वर्षहरुलाई हेर्ने हो भने भेडेटारमा यो सिजन धेरै पर्यटक आउजाउ गर्ने सिजन हो । तर यतिवेला १० प्रतिशत मात्र पर्यटक आउजाउ गर्ने गरेकाछन् । यो संख्या गत वर्षहरुको तुलनामा ९० प्रतिशतले कमी हो । यसरी पर्यटकिय क्षेत्रमा पर्यटकहरु आउन कमी भएसँग होटल व्यवसाय समेत प्रभावित भएको उहाँको भनाई छ । यसरी व्यवसायमा मन्दी छाउँदा व्यवसायीहरुलाई कर्मचारी राख्न समेत धौधौ भएको व्यवसायीहरुले वताएकाछन् ।

त्यस्तै अर्को प्रख्यात पर्यटकिय स्थल नमस्ते झरनामा पनि आन्तरिक पर्यटक फाट्टफुफुट्ट वाहेक वाह्य पर्यटकको आगमन शून्य जस्तै भएको छ । नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्वुले पनि पछिल्लो केही समय यता पर्टक आगमनमा कमि आए सँगै होटेल व्यवसाय प्रभावित भएको वताउनुभयो । उहाँका अनुसार गएका वर्षहरुमा भारत र नेपाल कै विभिन्न स्थानदेखी सयौ पर्यटक भित्रने यो झरनामा अहिले दिनमा १० देखी १५ जनाको हाराहारीमा मात्र आन्तरिक पर्टक पुग्ने गरेकाछन् । यसले गर्दा होटर र पर्यटन व्यवसायीलाई निक्कै जोखिम मोल्नु परेको उहाँले वताउनुभयो । यस्तो अवस्थामा सरकारले केही राहत मिल्ने वातावरण र्सिजना गरिदिए सहज हुने व्यवसायीहरुले अपेक्षा छ ।

यता क्षेत्रिय होटल एशोसिएसन धनकुटा एवम् पर्यटन प्रवर्द्वन तथा पूर्वाधार विकास सस्था हिलेका अध्यक्ष खगेन्द्र विष्टको भनाई पनि उस्तै छ । शूरुमा छिमेकी मुलुक चिनमा कोरोना भा,ईरसको सं,क्रम,ण वढेसँगै त्रा,सको कारण हरेक ठाउँमा मानिसको चहलपहल कमहुँदै गएको वताउनुभयो । उहाँले पर्यटकीय तथा व्यापारिक केन्द्र हिलेमा पनि अहिले पर्यटक आगमन सुन्य जस्तै भएको वताउनुभयो । यसरी पर्यटक आगमनमा कमी आएपछि पर्यटन व्यवसायी र होटल व्यवसायीहरुले दोहोरो समस्या झेल्नु परेको उहाँको भनाई छ ।

तर कोरोना भा,ईरसको सं,क्रमणवाट पनि व,च्ने र पर्यटक आगमनको कुरालाई निरन्तरता दिई व्यवस्थित सूरक्षित र व्यवस्थित गर्दै सहज वातावरण तयार गर्ने वारेमा व्यवसायीहरु वीच छलफल भईरहेको उहाँले वताउनुभयो । अध्यक्ष विष्टका अनुसार धनकुटा जिल्लामा एशोसिएसन सँग आव,द्ध मात्र डेड सय वढी होटेल व्यवसायी रहेकाछन् ।


