आफ्नो नगर बाहिर खाद्यन्य बस्तु बिक्रि नगर्न महालक्ष्मी नगरपालिका धनकुटाको आग्रह (विज्ञप्ति सहित)
धनकुटा खबर, १० चैत । धनकुटाको महालक्ष्मी नगरपालिकाले किसान व्यापारी र सबै जनसमुदायलाई खाद्यन्य बस्तु महालक्ष्मी नगरपालिका बाहिर बिक्रि वितरण नगर्न र १ महिनालाई पुग्ने खाद्यन्य तथा दैनिक उपभोग्य सामग्री भण्डारण गर्न आग्रह गरेको छ ।
महालक्ष्मी नगरपालिका प्रमुख तथा उपप्रमुख द्धरा संयूतm रुपमा हस्ताक्षरित विज्ञप्तीमा यस्तो उल्लेख गरिएको हो । साथै नगरपालिकाले कोभिड १९ बाट बच्नका लागि सरसफाई ध्यान दिनका साथै सरकारले जारी गरेका नियमको पालना गर्न समेत आग्रह गरेको छ ।




