जनप्रतिनिधीले नै भोगीरहेछन यस्तो समस्या (हेर्नुहोस् भिडियो)

धनकुटा खबर । कोरोना भाईरस कोभिड १९ को सं,क्रमण विश्वव्यापी रुपमा फै,लिरहेको अवस्थामा सबैले आ आफ्नो क्षेत्रवाट सेवा दिने भावले काम गर्दा राम्रो हुने पाख्रीवास ४ का वडाध्यक्ष शोवित निरौलाले वताउनुभएको छ ।

यो भाईरसको सं,क्रमणबाट सर्वसाधारण जनतालाई सर्तकता अपनाउन वडाले केही दिन अघि माक्स वनाई वितरण गर्ने शिलशिलामा ईलाष्टिक खरिदको क्रममा भो,गेको स,मस्या स्मरण गर्दै उहाँले त्यस्तो वताउनुभएको हो । उहाँले भन्नुभयो “माक्स वनाउनका लागि आवश्यक ईलाष्टिक खोज्ने क्रममा यी सामान लुकाईएको, दिईए पनि मूल्य वढी लिन खोजिएको हेर्दा मलाइ चाँही अचम्म लाग्छ ।

अहिले त यो महामारीको अवस्थामा व्यपारव्यवसाय पैसामुखी हुनु भन्दा पनि मानवताको अनुभूति गर्नुपर्ने ठान्छु म । अनि मैले के ठान्छु भने हामी जनप्रतिनीधिहरुले यो महामा,रीको वेला जनताको अभिभावकत्वको रुपमा भूमिका निर्वाह गर्न सकेनौ भने पदको औचित्य के ? उहाँले ग्यास लगायतका सामाग्रीहरु पनि लुकाएर नियमित ग्राहकलाई मात्र सहज रुपमा दिने जस्ता प्रवृती विडम्वना भएको वताउनुभयो ।

वडाले करिव २ हजार माक्स वनाई सर्वसाधारणलाई वितरण गर्ने लक्ष राखे पनि विभिन्न समस्याका वा,वजुद हिजो सम्म ३ सय पीस वढी मात्र वितरण गर्न पाएको उहाँले वताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसवुक मार्फत पनि यो वेला माक्स, खाद्यान्न र ग्यासको मूल्य वृद्धी नगर्न हनुरोध गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ “आदर्णिय आमाबुबा,दाजुभाइ तथा दिदी-बहिनिहरु अहिलेको यो कोरोना भा,ईरसको सं,क्रमण र यसबाट बच्न र बचाउन आ-आफ्नो क्षेत्रबाट नाफा मुलक कार्य छाडेर मानविय धर्म सम्झि मात्र सेवाप्रदायक कार्यमा अघि बढौं। कसैले पनि माक्समा व्यापार नगरौं।“
“र ग्याँस,खाध्यान्नमा मुल्यबृध्दि नगरौं।“



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।