BREAKING : नेपाल एयरलाइन्सको विमान दु र्घटना
काठमाडौं । नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।
नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा विमान चिप्लिएर झाडीमा पुगेको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । विमान दुर्घटना भएको प्रहरी प्रक्ता एसएसपी उत्तमराज जोशीले पुष्टि गरेका छन् ।
विमानस्थलमै रहेका सुरक्षाकर्मीका अनुसार, ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर धावनमार्गबाट दुई सय मिटर जति टाढा झाडीमा पुगेको छ । विमान चिप्लिँदै गर्दा ठूलो आवाज समेत आएको थियो । 9N-AKU कल साइन रहेको सो विमान दुर्घटनाको कारण खुल्न सकेको छैन ।
विमानमा तीनजना चालक दलका सदस्य छन् भने दुई जना चिकित्सक छन् । उनीहरु सकुशल छन् । विमानमा भने क्षति पुगेको छ ।
सो विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन गएको बुझिएको छ ।-नागरिक खबरबाट
(फाइल तस्वीर)


