धनकुटाका यी इन्जिनियर जसले गरे ‘कोरोना कोष’मा १५ दिनको तलब दिने घोषणा
धनकुटा खबर । विश्वभर सं,त्रास फैलाएको कोराना भा,इरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा छथरजोरपाटी गाउँपालिकामा कार्यरत इन्जिनियर दिवश पौडेलले आफ्नो चैत्र महिनाको तलव मध्ये १५ दिन वरावरको रकम सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपाल मात्र नभई विश्वमा नै कोरोनाको महामा,री फैलिएको बेला यस्तो महाविप,त्तिमा सबै एकजुट हुनु पर्ने कुरालाई प्रेरित गराउने उद्देश्यले सहयोगको घोषणा गरेको इन्जिनियर पौडेलले बताए ।
उनले लकडाउन खुल्ने वित्तिकै चैत्र महिनाको तलव मध्ये १५ दिनको रकम राष्ट्रिय वाणिज्य वैंक मार्फत सरकारको कोषमा जम्मा गर्ने बताए । संखुवाभाको धर्मदेवी नगरपालिका–५ मा स्थायी घर भएका पौडेल विगत दुई वर्ष देखि छथरजोरपाटी गाउँपालिकामा इन्जिनियरको रुपमा कार्यरत छन् ।


