कोरोना कहर – साउदी सरकारको नयाँ नियमसँगै दूतावासको यस्तो अनुरोध

काठमाण्डौ । साऊदीसरकारले दुई हप्ता अगाडिदेखि स्थगन गरेका विभिन्न सेवाहरु पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगन मै राख्ने निर्णय गरेसँगै साउदी सरकारले ल्याएका निर्देशनहरु कुनै लापरवाही नगरी अनिवार्य रुपमा पालना गर्न साउदीमा रहेका सबै नेपाली नागरिकलाई दूतावासले अनुरोध गर्दै आफ्नो फेसबुक पेजमार्फत यस्तो सूचना जारी गरेको छ ।

साउदी सरकारले स्थगनमा राखेका विभिन्न सेवाहरु अनिश्चित अवधिसम्मका लागि स्थगनमा नै राख्ने निर्णय गरेको सम्बन्धी जानकारी र साउदीमा कोरोना सं,क्रमणको आजसम्मको विवरण ।

१. आज मिति २०७६।१२।१६ (मार्च २९, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भा,इरसबाट सं,क्रमितको संख्या १२९९ पुगेको छ । आज थप ९६ जनामा यसको सं,क्रमण भएको छ । राजधानी रियादमा मात्र आज २७ जनामा नयाँ संक्रमण देखिएको छ । कुल सं,क्रमितहरु मध्ये हालसम्म ६६ जना निको भएका छन् र ८ जनाको सं,क्रमणबाट नि,धन भएको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरु सुरक्षित छन् ।

२. कोरोना भाइरसको सं,क्रमण नियन्त्रण गर्ने उद्देश्यले साउदी सरकारले दुई हप्ता अगाडिदेखि स्थगन गरेका विभिन्न सेवाहरु पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगन मै राख्ने निर्णय गरेको यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
क. सरकारले तोके बाहेकका सबै सरकारी कार्यालयहरु । ख. निजीक्षेत्रका कार्यालयहरु । ग. साउदी अरब आउने सम्पूर्ण यात्रुबाहक अन्तर्राष्ट्रिय हवाइसेवाहरु । घ. सम्पूर्ण आन्तरिक हवाई यात्रु उडान सेवा, बस, रेल तथा ट्याक्सी सेवा

३. यसका अतिरिक्त साउदी सरकारले कोरोना सं,क्रमण नियन्त्रणका लागि लागू गरेको कर्फ्यू, केही क्षेत्रहरुको लकडाउन तथा आवागमन नि,यन्त्रण लगायतका सबै निर्देशन, प्रावधान तथा गाइडलाइनहरु यथावत् कार्यन्वयनमा रहेको समेत अनुरोध छ ।

४. साउदी सरकारले ल्याएका निर्देशनहरु कुनै लापरवाही नगरी अनिवार्य रुपमा पालना गरौं । – नेपाली राजदूतावास, रियाद । २०७६।१२।१६



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।