धनकुटाका पसलमा सु,रक्षा दुरी निर्धारण

धनकुटा खबर । धनकुटाको किराना, सब्जी तथा मासु पसलमा सू,रक्षा दुरी निर्धारण गरिएको छ । कोरोना भा,ईरसको सं,क्रमण नि,यन्त्रणका लागि धनकुटा उद्योग बाणिज्य संघले आज ती पसलहरुमा दूरी निर्धारण गरि चिन्ह बनाउने काम गरेको हो ।

त्यस्ता पसल अगाडी कम्तिमा एक मिटरको फरकमा चिन्ह बनाई उपभोक्ता र व्यापारी वीच समान किन्न र वेच्नका लागि व्यवस्था गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

सोही क्रममा कोरोना भा,ईरस विरु,द्ध जनचेता अभिवृद्धी गर्दै व्यापारी र उपभोक्ता वीच सामान किन्दा र बेच्दा सजगता अपनाउन संघले अनुरोध समेत गरेको छ ।

क्रेता र विक्रेता वीचको दुरी कायम गर्नका लागि पसल अगाडी गोलो घेराको चिन्ह बनाउदै व्यापारी तथा व्यावसायीहरुलाई मास्क र सेनिटाईजर पनि वितरण गरिएको थियो ।

संघले सामान किन्न आउने ग्राहकहरुलाई सेनिटाईजरले हात धुन लगाएर मात्र सामान किन्न र पैसा थुक लगाएर किन्ने कार्य नर्गन भनि सल्लाह दिन पनि व्यापारीहरुलाई अनुरोध गरिएको संघका सदस्य लिजा श्रेष्ठले वताउनुभयो ।

धनकुटाका सवै किराना,मासु र तरकारी पसल अगाडी सामान किन्न र वेच्नका लागि दूरी निर्धारण गरी चिन्ह बनाईने संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो । सरकारले कोरोना भा,ईरस नि,यन्त्रण गर्न घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी बनाउन उद्योग बाणिज्य संघले सहयोग सहजीकरण गरिरहेको वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले वताउनुभयो । सोही क्रममा संघको टोलिले धनकुटा बजार अनुगमन समेत गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।