साउदीमा कोरोना सं,क्रमण बढ्दै – अब कुनै कम्पनीले कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाउने

साउदी राजाद्वारा सवै विदेशीको निः शुल्क उ पचार गर्न आ देश

काठमाडौं । साउदी अरबका राजाले त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही को;रोनाको लक्षण देखिएका विदेशी नागरिक हरुको निःशुल्क उपचार गर्ने आदेश दिनुभएको छ । साउदीमा रहेको नेपाली राज दूतावासले गत सोमवार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

साउदी अरबका दुई पवित्र म’स्जि’दहरुका सं,रक्षक साउदी राजा सलमानले साउदी अरबमा ओभरस्टे भएका लगायत सबैलाई को;रोना सं,क्रमण सँग सम्बन्धित उपचार निःशुल्क गर्न आदेश जारी गर्नु भएको दूतावासले जानकारी दिएको हो । यो आदेशबाट साउदी अरबमा भिषा कानून उ’ल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेछन् ।

साउदी राजाको आदेशसँगै साउदीका स्वास्थ्य मन्त्रीले को;रोना भा’इरसको सं’क्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन सकिने बताउनु भएको छ ।

त्यस्तै साउदी सरकारले कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाइने गरी निर्देशन जारी गरेको छ । बुधबार साउदीमा रहेको नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोना सं,क्रमणको पछिल्लो अवस्था र अन्य जानकारी हेर्नुहोस् जस्ताको तस्तै

१. आज मिति २०७६।१२।१९ (अप्रिल १, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भा,इरसबाट सं,क्रमितको संख्या १७२० पुगेको छ । आज थप १५७ जनामा सं,क्रमण भएको छ । कुल सं,क्रमितहरु मध्ये हालसम्म २६४ जना निको भएका छन् । आज ६ जना सं,क्रमितहरुको मृ,त्यु भएसँगै मृ,त्यु हुनेको संख्या १६ पुगेको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरूमा यसको सं,क्रमण भेटिएको छैन ।

२. साउदी सरकारले कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाइने गरी केही दिन अगाडि जारी गरेको निर्देशन (अरबी भाषामा) यसैसाथ संलग्न छ । कहि कतै कुनै कम्पनीले कामदारको सहमति वेगर तलव र विदा सम्बन्धि कुनै कागजातमा हस्ताक्षर गर्न अनुरोध भएमा साउदी सरकारद्बारा जारी यस कागजात उपर सम्बन्धित कम्पनीको ध्यानाकर्षण गराउनुहुन अनुरोध छ ।

३. साउदी अरबमा कोरोना सं,क्रमणको शु,रुवात भएको आज १ महिना पुगेको छ । यस अवधिमा साउदी अरबमा रहेका नेपालीहरुमा यो भाइरस सं,क्रमणको जानकारी प्राप्त भएको छैन । सं,क्रमण घ,ट्दो क्रममा नरहेकाले आउँदा दिनहरुमा पनि सं,क्रमण हुनबाट ब,च्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपाली राजदूतावास अनुरोध गर्दछ । – नेपाली राजदूतावास – रियाद । २०७६।१२।१९



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।