धनकुटाको पाख्रीबासमा ३० लाखको राहत कोष स्थापना
धनकुटा खबर, चैत २० । लकडाउन प्रभावित श्रमिक,मजदुर,असहाय तथा अपाङ्गता वर्गका परिवारलाई राहत वितरणका लागि आज पाख्रीवास नगरपालिकामा राहत कोष स्थापना गरिएको छ ।
नगर प्रमुख वृष वहादुर राईको अध्यक्षतामा वसेको नगरकार्यपालिकाको वैठकले कोरोना भाईरस (कोभिड-१९) को सम्भवित सं,क्रमण नि,यान्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा दैनिक ज्यालादारी काम गरेर जीवन निर्वाह गर्ने परिवारका समस्यालाई मध्य नजर गर्दै उनिहरुलाई राहत उपलव्ध गराउन नगरमा ३० लाखको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोषमा जनप्रतिनीधिहरुको एक महिनाको तलव,अधिकृत वा त्यो भन्दा माथिल्लो तहका कर्मचारी र शिक्षकहरुको ५ दिनको र अधिकृत भन्दा तल्लो तहका कर्मचारी र शिक्षकहरुको ३ दिन वरावरको तलव र नगरपालिकाको विपत व्यवस्थापन कोषको रकम जम्मा हुने नगरकार्यपालिकाका रोजगार संयोजक नारायण वस्नेतले जानकारी दिनुभयो ।
यो कोषको रकमवाट लकडाउनको अवस्थामा काम गर्न जान नपाई दैनिकी गुजारामा समस्या वेहोरिरहेका मजदुर,विपन्न,असहाय तथा अपाङ्गता परिवारले प्रतिपरिवार नगद २ हजार वरावरको सामाग्री पर्ने गरी ३० केजी चामल, २ केजी दाल, १ केजी नुन र १ थान सावुन लगायतका सामाग्री पाउने संयोजक वस्नेतले वताउनुभयो । राहत सामाग्री खरिद गर्ने कार्य तत्काल शूरु गरी वितरणको कार्य समेत चाडै गरिने उहाँले वताउनुभयो ।


