साउदी अरबमा कोरोना सं,क्रमण बढ्दै – मक्का र मदिना क्षेत्रमा अनिश्चित कालीन २४ घण्टे क,र्फ्यू
नेपाली दूताबासको यस्तो अनुरोध
काठमाडौं । साऊदीसरकारले केही हप्ता अघि स्थगन गरेका विभिन्न सेवाहरु पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगन मै राख्ने निर्णय गरेसँगै साउदी सरकारले ल्याएका निर्देशनहरु कुनै लापरवाही नगरी अनिवार्य रुपमा पालना गर्न साउदीमा रहेका सबै नेपाली नागरिकलाई दूतावासले अनुरोध गर्दै सूचना जारी गरेको थियो ।
त्यस्तै गत सोमवार साउदीले एक सूचना जारी गर्दै त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिक हरुको निःशुल्क उपचार गर्ने आदेश दिएको थियो । यो आदेशबाट साउदी अरबमा भिषा कानून उ,ल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेभएकाछन् ।
त्यस्तै बुधबार साउदी सरकारले कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाइने गरी निर्देशन जारी गरेको साउदीमा रहेको नेपाली राजदूतावासले जानकारी दिएको थियो ।
भने आज विहिबार साउदी अरबमा कोरोना सं,क्रमणको पछिल्लो अवस्था र अन्य जानकारी दिँदै साउदीमा रहेको नेपाली राजदूतावासले अत्यावश्यक सेवा बाहेक कुनैपनि वहानामा बाहिर ननिस्किन र कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक संजालमा नराख्न अनुरोध गर्दै सूचना जारी गरेको छ । हेर्नुहोस् उक्त सूचना जस्ताको तस्तैः
साउदी अरबमा कोरोना सं,क्रमणको पछिल्लो अवस्था र अन्य जानकारी
१. आज मिति २०७६।१२।२० (अप्रिल २, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भा,इरसबाट सं,क्रमितको संख्या १८८५ पुगेको छ । आज थप १६५ जनामा सं,क्रमण भएको छ । मक्का, मदिना र जेद्दा क्षेत्रमा आज १२४ जनामा सं,क्रमण भएको छ । कुल सं,क्रमितहरु मध्ये हालसम्म ३२८ जना निको भएका छन् । आज ५ जना सं,क्रमितहरुको मृ,त्यु भएसँगै मृ,त्युहुनेको संख्या २१ पुगेको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरूमा सं,क्रमण छैन ।
२. मक्का र मदिना क्षेत्रमा कोरोनाको सं,क्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित कालका लागि उक्त क्षेत्रमा २४ घण्टे क,र्फ्यू लगाएको छ । तसर्थ सो क्षेत्रमा रहनुहुने नेपालीहरुले क,र्फ्यूको २४ घण्टे समयलाई पूर्ण पालना गर्नुहुन अनुरोध छ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि वहानामा बाहिर ननिस्किनुहुन अनुरोध छ ।
३. रियाद क्षेत्रको कर्फ्यूको समय यथावत दिनको ३ बजेबाट भोलिपल्ट ६ बजेसम्म रहेको छ । यसको पूर्ण पालना गरौँ ।
४. क,र्फ्यू पालना वा उ,ल्लंघन सम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक संजालमा नराख्नुहुन पनि सबैमा अनुरोध छ ।
५. साउदी अरबमा कोरोना भा,इरसको सं,क्रमण बढ्दो क्रममा रहेकाले आउदा दिनहरुमा पनि सं,क्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपाली राजदूतावास अनुरोध गर्दछ ।


