साउदीमा कोरोनाभाइरसको सं,क्रमण हरेक दिन बढ्दो – एक नेपालीमा कोरोनाको आ,शंका

काठमाण्डौ । साउदीमा रहेका एकजना नेपाली नागरिकमा कोरोनाको सं,क्रमण देखिएको अनौपचारिक जानकारी प्राप्त भएको छ । सरकारी श्रोतबाट यसको पु,ष्ट्याँइ सहितको जानकारी आइनसकेको बताऊदै साउदीमा रहेको नेपाली दूतावासले एक सूचना जारीगरेको छ ।

साउदीमा कोरोनाको स,ङक्रमण बढेपछि रो,कथामका लागि लगाइएको कर्फ्युक‍ो समय लम्बिएको छ । यस अघि मक्का र मदिना क्षेत्रमा अनिश्चितकालका लागि २४ घण्टे कर्फ्यू लगाईएको थियो भने (अप्रिल ४) शनिवारबाट लागु हुनेगरी जेद्दाका विभिन्न क्षेत्रमा पनि २४ घण्टे क,र्फ्यू जारी गरेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ भने सो क्षेत्रमा रहनुहुने नेपालीहरुले क,र्फ्यूको समयलाई पूर्ण पालना गर्नुहुन अनुरोध गरेको छ ।

यस्तै साउदी सरकारले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका विदेशी नागरिकरुको अकामा तीन महिनाका लागि स्वतः नवीकरण हुने साऊदीको राहदानी निर्देशकको कार्यालयले जनाएको छ । मार्च १८, २०२० वा सो पछि अकामाको म्याद सकिएकाहरु र जून ३०, २०२० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलव्ध हुने जनाइएको छ । यो व्यवस्थाले साउदी भित्र वा बाहिर भएका सबैलाई समेट्ने निर्देशकको कार्यालयले जनाएको छ ।अकमाको स्वतः नवीकरणको जानकारी टेलिफोनमा सन्देश पठाई गरिने समेत व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ ।

साउदी अरबमा कोरोना भाइरसको सं,क्रमण हरेक दिन बढ्दो क्रममा रहेकाले सं,क्रमण हुनबाट ब,च्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

यो समाचार तयार पार्दा सम्म साउदीमा कोरोना भा,इरसबाट सं,क्रमितको संख्या २३७० पुगेको छ । आज थप १९१ जनामा संक्रमण भएको छ । कुल सं,क्रमितहरु मध्ये हालसम्म ४२० जना निको भएका छन् । मृ,त्युहुनेको संख्या २९ पुगेको छ ।

यस्तो छ साउदीमा रहेको नेपाली दूतावासको पछिल्लो सूचना – साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

१. आज मिति २०७६।१२।२२ (अप्रिल ४, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भा,इरसबाट सं,क्रमितको संख्या २१७९ पुगेको छ । आज थप १४० जनामा सं,क्रमण भएको छ । राजधानी रियादमा मात्र आज ६६ जनामा संक्रमण भएको उल्लेख छ । कूल सं,क्रमितहरु मध्ये हालसम्म ४२० जना निको भएका छन् । आज ४ जना सं,क्रमितहरुको मृत्यु भएसँगै मृ,त्यु हुनेको संख्या २९ पुगेको छ । एकजना नेपाली नागरिकमा यो रोगको सं,क्रमण देखिएको अनौपचारिक जानकारी प्राप्त भएको छ । सरकारी श्रोतबाट यसको पुष्ट्याँइ सहितको जानकारी आइसकेको छैन । सं,क्रमणको अनौपचारिक जानकारी प्राप्त भएका नेपालीसँग नेपाली राजदूतावास टेलिफोन सम्पर्कमा रहेको छ ।

२. कोरोना भाइरसको सं,क्रमण रोक्न साउदी सरकारले आज मिति २०७६।१२।२२ (अप्रिल ४, २०२०) शनिवारबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्र (Kilo 14 South, Kilo 14 North, Al-Mahjar, Ghulail, Al-Qurayyat, Kilo 13 and Petromin) मा २४ घण्टे क,र्फ्यू जारी गरेको यहाँको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, सो क्षेत्रमा रहनुहुने नेपालीहरुले क,र्फ्यूको समयलाई पूर्ण पालना गर्नुहुन अनुरोध छ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किनुहुन अनुरोध छ ।

३. साउदी सरकारले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका विदेशी नागरिकरुको अकामा तीन महिनाका लागि स्वतः नवीकरण हुने यहाँको राहदानी निर्देशकको कार्यालयले जनाएको छ । मार्च १८, २०२० वा सो पछि अकामाको म्याद सकिएकाहरु र जून ३०, २०२० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलव्ध हुने जनाइएको छ । यो व्यवस्थाले साउदी भित्र वा बाहिर भएका सबैलाई समेट्ने निर्देशकको कार्यालयले जनाएको छ ।अकमाको स्वतः नवीकरणको जानकारी टेलिफोनमा सन्देश पठाई गरिने समेत व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ ।

४. रियाद क्षेत्रको कर्फ्यूको समय यथावत दिनको ३ बजेबाट भोलिपल्ट ६ बजेसम्म रहेको छ । यसको पूर्ण पालना गरौं । कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनैपनि भिडियोहरु सामाजिक संजालमा नराख्नुहुन पनि सबैमा पुनः अनुरोध छ ।

६. साउदी अरबमा कोरोना भाइरसको सं,क्रमण हरेक दिन बढ्दो क्रममा रहेकाले सं,क्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।

७. कृपया सावधानी र सचेताका सबै अनुभव र जानकारीहरु जतिसक्दो धेरैजना वीच पुर्याउन एक अर्कालाई मद्दत गरौँ। – नेपाली राजदूतावास, रियाद – २०७६।१२।२२



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।