साउदीमा ४ जना नेपालीमा देखियो कोरोना सं,क्रमण
काठमाडौं । साउदी अरबमा कोरोनाबाट ४ नेपाली सं,क्रमित भएका छन् । चार जना नेपालीमा कोरोनाभाइरसको सं,क्रमण पुष्टि भएको बारे नेपाली दूतावास साउदी अरबले जानकारी गराएको हो । कोरोनाभाइरसबाट सं,क्रमित भएका ४ जना नेपालीको अवस्था सामान्य रहेको दुतावासले जनाएको छ । तर ती नेपाली साउदीको कुन प्रान्तमा कार्यरत हुन भन्ने खुलाइएको छैन ।
कोरोना भा,इरसको सं,क्रमण रोक्न साउदी सरकारले शनिबारबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्रमा २४ घण्टे कर्फ्यू जारी गरेको छ । यस अघि मक्का र मदिना क्षेत्रमा अनिश्चितकालका लागि २४ घण्टे कर्फ्यू लगाईएको थियो । रियाद र दमाम क्षेत्रमा दिउँसो ३ देखि बिहान ६ बजेसम्म मात्रै कर्फ्यू लगाएसँगै दूतावासले क,र्फ्यूको समयलाई पूर्ण पालना गर्न साऊदीमा रहेका नेपालीलाई आग्रह गरेको छ ।
यो समाचार तयार पार्दा सम्म साउदीमा कोरोना भा,इरसबाट सं,क्रमितको संख्या २३८५ पुगेको छ । आज थप २०६ जनामा सं,क्रमण भएको छ । कुल सं,क्रमितहरु मध्ये हालसम्म ४८८ जना निको भएका छन् । मृ,त्युहुनेको संख्या ३४ पुगेको छ ।


