प्रत्येक वडामा राहत वितरण गर्दै धनकुटाको पाख्रीबास नगरपालिका

धनकुटा खबर, चैत २५ । धनकुटाको पाख्रीवास नगरपालिकाको ६ र २ नं वडामा आजवाट लकडाउन प्र,भावित विपन्न श्रमिक, मजदुर परिवारलाई राहत वितरण गर्न शरु गरिएको छ । जसअनुसार आज ६ नं वडाका विपन्न श्रमिक,मजदुर १ सय ८० घरपरिवारलाई राहत वितरण गरिएको छ ।

पाख्रीवास नगर प्रमुख वृष वहादुर राई, प्रमुख प्रशासकीय अधिकृत डिक वहादुर राई,वडाध्यक्ष दल वहादुर तामाङ लगायतले ती परिवारलाई प्रति-परिवार ३० केजी चामल,२ केजी दाल, १ केजी नुन र १ थान सावुन लगायतका सामाग्री प्रदान गरेको वडा सचिव खेम चन्द्र वस्तिले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं २ को झण्डै १ सय १५ घर परिवारलाई पनि राहत प्रदान गरिएको छ । वडा भित्रका १ सय ९० घरपरिवारलाई राहत वितरण गर्ने वडाको लक्ष अनुसार आज उल्लेखित संख्याका परिवारलाई राहत प्रदान गरिएको र बाँकीलाई भोलि प्रदान गरिने २ नं वडाध्यक्ष तोर्ण खपाङ्गी मगरले जानकारी दिनुभयो ।

त्यस्तै ४ नं वडाको पनि सम्पूर्ण राहत सामाग्री आज साँझ सम्म आइसक्ने वडाध्यक्ष सोवित निरौलाले वताउनुभएको छ । अन्य १, ७, ३, ५, ८, ९, १० लगायतका वडाहरुले पनि तत्काल राहत वितरणको काम शूरु गर्ने नगरले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।