घर जान नपाएका धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थीलाई अ,नौठो किसिमले राहत वितरण गरियो
धनकुटा खबर । लकडाउनका कारण घर जान नपाएका धनकुटा वहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरुलाई आज नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस समितिले अ,नौठो किसिमले धनकुटाका टुडिखेलको प्याराफिटमा दैनिक उपभोग्य सामाग्री वितरण गरेको छ ।
एक-एक मिटरको दूरीमा दैनिक उपभोग्य समाग्रीको पोका र विद्यार्थीहरु राखी सु,रक्षाकर्मीको सहयोगमा एक-एक जना विद्यार्थी प्याराफिटमा प्रवेश गराई वितरण गरेको हो ।
प्याराफिटमा पोका बनाएर राखिएको चामल, दाल, तेल, नुन, चिया पत्ती, सावुन, मास्क लगायतका दैनिक उपभोग्य सामाग्रीहरु कसैले हस्तान्तरण नगरी विद्यार्थीहरुले आफै एक, एक जना आएर लगेको नेवि संघ धनकुटा बहुमुखी क्याम्पस समितिका अध्यक्ष करुणा कटुवाले वताउनुभयो ।

नेपाली कांग्रेस धनकुटाको सहयोगमा नेवि संघ ले डेरामा वस्दै आएका भोजपुर, संखुवासभा, तेह्थुम, पाँचथर र धनकुटामै घर भै हाल वहुमुखी क्याम्पसमा अध्ययन गर्दै आएका ४६ जना विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेको हो ।
सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेवि संघ धनकुटा वहुमुखी क्याम्पसका पूर्व अध्यक्ष विजय सन्तोषी राई,नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष तथा नेवि संघ धनकुटा वहुमुखी क्याम्पसका पूर्व अध्यक्ष दिनेश राई,नेपाली कांग्रेस धनकुटाका पूर्व सहसचिव तथा धनकुटा वहुमुखी क्याम्पसका पूर्व स्ववियू सदस्य राजन पौडेल,नेपाल निर्माण व्यावसायी संघ धनकुटाका उपाध्यक्ष समाजसेवी प्रकाश राई,नेपाल प्रेस युनियन धनकुटाका निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला,नेवि संघ क्याम्पस समितिका सह-सचिव सुवास खनाल लगायतको उपस्थिती थियो ।


