लकडाउनमा धनकुटा र हिले बजारका घरघर मै अत्यावश्यक सामाग्री

धनकुटा खबर, चैत २९ । लकडाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उदेश्यका साथ धनकुटा र हिले बजारका उपभोक्ताहरुको घरघर मै अत्यावश्यक सामाग्र पूर्याउन थालिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा ताजा तकारी,दुध र खाना पकाउने ग्यास लगायतका सामाग्री आजदेखी पूर्ण रुपमा घरघर मै पुर्याउन थालिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

कोराना भाईरस संक्रमणबाट बच्नका सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद गर्न जान समस्या भएको कुरालाई मध्य नजर गर्दै संघले व्यपारी, प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा गाडीबाट बजार घुमाउदै घर घरमै लगेर ती सामाग्र विक्री वितरण गर्ने व्यवस्था गरिएको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

धनकुटाको हिले बजारमा हिले प्रहरी चौकीको सहयोगमा व्यावसायीहरुले बजार घुमाउदै उपभोक्ताहरुको घर सम्म तकारी दुघ लगायतका समाग्रीहरु गाडीबाट लाने गरेको संघका महासचिव राम वहादुर तामाङ्गले वताउनु भयो ।

त्यस्तै धनकुटा बजारमा पनि प्रत्येक दिन विहान दूध र सवै प्रकारका ताजा तरकारी तथा ग्यास जस्ता दैजिक उपभोग्य सामाग्री गाडीबाट उपभोक्ताको घर नजिक लगेर विक्री वितरण गर्ने व्यवस्था संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖