मजदुरको घरघरमै पुगेर राहत वितरण, पाख्रीवास-४ मा ३६० जनाले राहत पाऊने
धनकुटा खबर, चैत ३० । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ मा आजबाट लकडाउन प्रभावित विपन्न श्रमिक, मजदुर परिवारलाई घरघर मै पुगी राहत वितरण शूरु गरिएको छ ।
पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राई, प्रमुख प्रशासकी अधिकृत डिक वहादुर राई, प्रहरी चौकी पाख्रीवासका प्रमुख उज्वल श्रेष्ठ लगायतको उपस्थितीमा ४ नं वडा को खाती टोलवाट घरघर मै पुगी आजदेखी राहत वितरण गर्न शूरु गरिएको वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो ।
यस वडामा विपन्न श्रमिक,मजदुर तथा लकडाउनको वेला घर जान नपाई डेरामा वस्दै आएका करिव ३ सय ६० जनालाई राहत वितरण गर्न लागिएको उहाँले जानकारी गराउनुभयो ।
कोरोना भाईरस कोभिड १९ को सम्भवित सं,क्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा काममा जान नपाई दैनिक गुजारामा समस्या वेहोरिरहेका श्रमिक परिवारलाई राहत उपलव्ध गराउने नगरको निर्णय अनुसार उनिहरुलाई वडा मार्फत ३० किलो चामल, एक किलो नुन, एक लिटर तेल, दुई किलो दाल, एउटा सावुन लगायतका सामाग्री राहत स्वरुप प्रदान गर्न थालिएको वडाले जनाएको छ ।

राहत वितरण शूरु गर्नु अघि सरोकारवाला व्यक्तिहरुको उपस्थितीमा राहत सामाग्रीको गुणस्तरियता र तौल नाप गरिएको थियो । त्यसअघि कोरोना भाईरसको सं,क्रमण नि,यन्त्रणका लागि प्रदेश सरकार मार्फत भईरहेको प्रयास र स्थानिय निकायहरुमा भईरहेको कामहरुको विषयमा पनि अन्तरक्रिया गरिएको थियो ।
१ नं प्रदेशसभा सदस्य ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्य तथा वडाध्यक्ष निरौलाको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रदेश सभा सदस्य पराजुलीले सरकाले लकडाउनलाई थप वैज्ञानिक वनाउने तयारी गरिरहेको जानकारी दिनुभयो । अहिले विश्व समुदायले नै कोरोना भाईरस सं,क्रमण समस्या झे,लिरहेको अवस्थामा लकडाउनको विकल्प नभएको भन्दै उहाँले यसलाई अझ वैज्ञानिक वनाउन आवश्यक रहेको वताउनुभयो ।
अन्तरक्रियामा स्थानिय स्वास्थ्यकर्मी,वुद्धीजीवि,पार्टी प्रतिनीधि लगायतकाले स्थानिय स्तरमा अत्यावश्यक औषधिको अभाव हुन थालेको, लकडाउनलाई अझ प्रभावकारी र वैज्ञानिक वनाउनु पर्ने, यो रोगको प्रभाव नरहेको क्षेत्रमा अध्ययन अनुगमन गरि विकास निर्माणको काम सुचारु गर्दा राम्रो हुने लगायतका सुझाव दिएका थिए । अन्तरक्रियाको सञ्चालन वडा सचिव सञ्जय राईले गर्नुभएको थियो ।


