धनकुटाका घरघरमै तरकारी – एकै दिनमा ५ गाडी विक्रि
केही गरिव असाहयहरुलाई निःशूल्क तरकारी वितरण गरियो
धनकुटा खबर, चैत ३० । धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा आज धनकुटा बजारमा ५ गाडी ताजा हरियो तकारी सुफत मूल्यमा विक्रि वितरण गरिएको छ ।
लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पुर्याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा बजार क्षेत्रमा उपभोक्ताहरुको घर घरमै ताजा तकारीहरु पुर्याई जम्मा ५ गाडी ताजा तरकारी एकै दिनमा सुफत मूल्यमा विक्रिवितरण गरेको हो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव राम वहादुर तामाङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, लगायतले तरकारी विक्रि वितरण कार्यको प्रतयक्ष रुपमा सहभागी भएर अनुगमन तथा सहजीकरण गरेका थिए ।
यूवा व्यावसायी तथा समाजसेवीहरु ,ओम तितुङ्ग, दिवेश खड्का,सरोज भूजेल,सोभित श्रेष्ठ,राजेन्द्र श्रेष्ठ लगायतले धनकुटामा हरियो ताजा तरकारी विक्रि वितरण अभियानमा सहयोग गर्नु भएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य नगेन्द्र काफ्लेको संयोजकत्वमा एक टोली र धनकुटा उद्योग बाणिज्य संघका सदस्य तथा यूवा व्यावसायी दिवेश खड्काको संयोजकत्वमा छुट्टा छुट्टै टोली बनाएर व्यापारी टोलीले धनकुटा बजारका उपभोक्ताहरुको घर घरमा ताजा हरियो तरकारी विक्रिवितरण कार्य गरिएको थियो ।
केही गरिवअसाहयहरुलाई निःशूल्क तरकारी वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्य रुपेश श्रेष्ठले वताउनु भयो । चार किलो हरियो मोटर कोशा र तिन कोलो सागको प्याकेट बनाएर जम्मा रु १ सय रुपैयामा विक्रि वितरण गरिएको थियो ।
कोराना भाईरसबाट ब,च्नका सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद गर्न जान समस्या भएकोले धनकुटा उद्योग बाणिज्य संघले व्यपारीहरुसंग समन्वय गरी स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा गाडीबाट बजार घुमाउदै घर घरमै लगेर तरकारी विक्रि वितरण गर्ने व्यवस्था गरिएका संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो । यो कार्यलाई अझ व्यवस्थित र सहज वनाउदै लाने वरिष्ठ उपाधयक्ष मन कुमारी तिुतङ्गले वताउनुभयो ।


