कोरोना सं,क्रमणबाट अमेरिकामा एक नेपालीको ज्या,न गयो
काठमाडौं । विश्वव्यापी रुपमा फै,लिएको कोरोनाभाइरसका कारण अमेरिकामा एक नेपालीको मृ,त्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको न्यूयोर्कमा बस्ने ६९ वर्षीय महेश अमात्य रहेका छन् । उनको कोरोनाको सं,क्रमणबाट बिहीबार अस्पतालमा मृ,त्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि बुधबार जमाइका अस्पतालमा भ,र्ना भएको उनको बिहीबार मृ,त्यु भएको रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्य जानकारी गराएका हुन् । नेपालमा काठमाडौं घर भएका महेशको श्रीमती र ३ छोरा छन् ।
अमेरिकामा कोरोनाको सं,क्रमणबाट मृ,त्यु हुने मानिसको संख्या तिव्र गतिमा बढेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोनाभाइरसको सं,क्रमणबाट मृ,त्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ भने सं,क्रमितको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगेको छ । त्यस्तै हालसम्म अमेरिकामा मात्र ५७ हजार ५ सय ८ जना कोरोनाको उपचारपछि ठिक भएका छन् ।


