बागलुङकी ६५ वर्षीया महिलाको रिपोर्ट पनि नेगेटिभ – आइतबार डि,स्चार्ज गरिने

काठमाडौं, ६ बैशाख । नेपालमा ३० जना कोरोना सं,क्रमितहरुमध्ये दुई जना निको भएर घर फर्किइसकेका छन् । यसैबीच, बागलुङकी ६५ वर्षीया कोरोना सं,क्रमित महिला पनि निको भएर घर फर्कने भएकी छन् ।

गण्डकी प्रदेशका अनुसार २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा पनि नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । आज (शनिबार) पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

त्यसोत, गत विहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचाररत उनलाई आइतबार (भोली) डिस्चार्ज गरिने जानकारी गराइएको छ ।

उनलाई डिस्चार्जपछि १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखिने बताइएको छ । उनी गत चैत १९ गतेदेखि आइसोलेसनमा उपचाररत छन् । यसै सन्दर्भमा आज पनि काठमाडौंस्थित टेकु अस्पतालबाट एक सं,क्रमित युवती निको भएर घर फर्किएकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।