उच्च मनोबलका कारण सुगर र प्रेसरको विरामी ६५ वर्षीया वृद्धाले कोरोनालाई जि,तिन्

काठमाडौं । नेपालमा कोरोना भाइरस सं,क्रमित छैंठौ व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरी अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएकी हुन् ।

बाग्लुङकी ६५ वर्षीया महिला फ्रान्सबाट कतार हुँदै फर्किएकी थिइन् । उनलाई २० चैत्रमा रोग पत्ता लागेको थियो । १७ दिन अस्पताल बसेर डिस्चार्ज भएकी उनी सुगर र प्रेसरकी विरामी हुन् । तैपनि उच्च मनोबलका कारण उनले कोरोनालाई जितिन् । महिलामा विगतमा पनि फोक्सोमा समस्या थियो । उनलाई निमोनिया भइसकेको बुझिएको छ ।

उमेर र दीर्घरोगका बाबजुद उनले रोगलाई जितेपछि चिकित्सकलाई धन्यवाद दिइन् । उनले नियमित तातो पानी सेवन गरेको सुनाइन् ।

यसअघि दोस्रो सं,क्रमित १९ वर्षीया प्रशिद्धी श्रेष्ठ टेकु अस्पतालबाट डिस्चार्ज भएकी हुन् । किशोरी २७ दिन अस्पताल बसिन् । किशोरी र महिला दुवै ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु हुन् । सो विमानमा यात्रा गरेका तीनजना महिलाहरुलाई सं,क्रमण भेटिएको थियो । जसमध्ये बाग्लुङकी किशोरी उपचाररत छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖