बिदामा नेपाल गएका श्रमिकको रोजगारी गु,म्ने ख,तरा

सउल, ७ वैशाख । दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो तर त्यसको दुई हप्तामै कोरोना भाइरसको महामा,रीका कारण लकडाउन जारी भएपछि उहाँ फर्कन पाउनुभएन ।

लामिछानेले फोनबाट लकडाउन नखुल्दा तत्काल आउन नसक्ने जानकारी गराउँदा कम्पनीले छिटो आउन या रोजगारी छाड्न द,बाब दिइरहेको छ । उहाँजस्ता ८०० बढी नेपाली श्रमिक (विद्यार्थी र व्यवसायीसमेत) बिदामा वा कम्पनी परिवर्तन गरी अर्को कम्पनीमा लाग्नुअघि नेपाल पुगेर उतै अ,ड्किएका छन् । अनेक क,ष्टका साथ दक्षिण कोरिया आइयो तर कमाउने बेलामा नेपाल फर्केर कम्पनीको स्वीकृत बिदा अवधिभित्रै कोरिया फर्कन नसक्दा आफ्नो रोजगारी नै गु,म्ने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ ।

यस समस्यालाई ध्यान दिएर केही नेपाली सङ्घसंस्थाले बिदामा नेपाल जाने नेपाली श्रमिकलाई कोरिया फर्काइदिन अनुरोध गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएका छन् । सउलस्थित नेपाली दूतावासमा नेपाली सम्पर्क समिति, दोङ्देमुन व्यवसायी सङ्घ, नेपाली विद्यार्थी समाज, नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौलालगायतले यहाँस्थित कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई ज्ञापनपत्र बुझाउँदै बिदामा नेपाल गएका नेपालीलाई जतिसक्दो छिटो कोरिया फर्किने वातावरण मिलाइदिन अनुरोध गरेका छन् ।

“यसबारेमा नेपाल सरकार गम्भीर हुनुपर्छ तर दूतावासले अभिभावकत्व प्रदान गर्नुपर्ने बेलामा खासै चा,सो देखाइरहेको छैन ।” नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौलाले भन्नुभयो । सिटौलाले काठमाडाँै सम्भावित चार्टर उडानसम्बन्धी शोधपत्रमार्फत कोरिया फ,र्किन चाहने नेपालीका बारेमा सर्वेक्षण गर्नुभएको थियो ।

सर्वेक्षणअनुसार बिदामा गएका अधिकांश नेपाली कोरिया फर्किन चाहेका देखिएको छ । उहाँले थप्नुभयो, “बिदामा गएका नेपाली कसैगरी समयमै कोरियाा फर्कन नसके कम्पनीले उनीहरूलाई न,कुर्न पनि सक्छ । यदि त्यसो भएमा नेपालमा रहेका नेपाली श्रमिकको रोजीरोटी मात्र खोसिन्न, देशलाई पनि करोडौँ रे,मिट्यान्स गुम्छ ।”

दूतावासले त्यस्तो समस्यामा परेका नेपालीका लागि आवश्यक समन्वय गर्दै आएको जनाएको छ । -जीवन खत्री, रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।