अर्का कोरोना सं,क्रमित युवक डि,स्चार्ज – भने,- १५ दिन अलग्गै बस्छु र अरूलाई पनि काेराेनाबारे सजग गराऊछु
प्रकाशविक्रम शाह, काठमाडौं, बैशाख ७ । सेती प्रादेशिक अस्पतालमा भ,र्ना भएका एक विरामी निको भएर आज डि,स्चार्ज हुनुभएकाे छ ।
अस्पतालबाट डि,स्चार्ज भए पछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताउनुभयाे । उहाँले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना सं,क्रमणबारे सजग बनाउने बताउनुभयाे । दुई साताको उपचारपछि पछिल्लो पटक गरिएको प,रीक्षणले उनमा कोरोना नरहेको देखिएको थियाे ।
उहाँ चैत ११ गते मुम्बइबाट कैलाली आउनु भएकाे थियाे । त्यसपछि उहाँ सहित ४१ जनालाई लम्की चुँहा नगरपालिका–९ स्थित प्रतापपुरको क्वारेन्टाइनमा राखिएकाे थियाे । परीक्षणका क्रममा ४१ जना मध्ये उहाँमा काेराेना सं,क्रमण देखिएकाे थियाे ।


