तेह्रथुममा र्‍यापिड टेष्टबाट कोरोना पोजेटिभ देखिएका सबैको अन्तिम रिपोर्ट नेगेटिभ

अमृत बास्तोला, तेह्रथुम । तेह्रथुममा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएको सबैको अन्तिम परिक्षण (पिसिआर)मा नेगेटिभ देखिएको छ । तेह्रथुममा १२ जनाको हालसम्म पिसिआर मार्फत परिक्षण भएको छ ।

सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो । आइतबारसम्म जिल्लामा आरडीटी मार्फत १ सय ९३ जनाको परिक्षण भएको छ, जसमध्ये ३ जनमा एन्टिबडी पोजिटिभ देखिएको थियोे । तीनजनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।

पिसिआर बिधिबाट म्याङ्लुङका ५ जना, मेन्छयायेमका ४ जना र फेदापका ३ जनाको गरि कुल १२ जनाको परिक्षण भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖