दीर्घ-रोगीहरुको घर-घर मै औषधि पुर्याउँदै वडाध्यक्ष

धनकुटा खबर, वैशाख ७ । धनकुटाको पाख्रीवास नगरपालिकाका दीर्घ रोगीहरुलाई घर-घर मै औषधि पुर्याउन थालिएको छ । कोरोना भाईरस (कोभिड-१९) को सम्भवित सं,क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको अवधिमा दीर्घ रोगिहरुलाई औषधि लिन जान समस्या भएपछि उनिहरुको सहजताका लागि ४ नं वडाध्यक्ष सोवित निरौलाले घर-घर मै औषधि पुर्यादिन थाल्नुभएको हो ।

दम, वाथ, प्रेसर लगायत रोगका विरामीहरु यतिवेला लकडाउनका कारण अत्यावश्यक औषधि लिन जान गाह्रो भएकोले त्यस्ता विरामीहरुका लागि आफुले नै औषधि घर घर मा पुर्याउन थालेको वडाध्यक्ष निरौलाले वताउनुभयो । औषधि खरिदका लागि सम्वन्धित व्यक्ति वा परिवारले औषधि किन्न आवश्यक पर्ने खर्च र कुन औषधि हो भनेर चिन्नका लागि विरामीले सेवन गर्दै गरेको औषधिको खोल आफुलाई उपलव्ध गराएपछि आफुले धरान, धनकुटा वा हिले लगायतका स्थानवाट औषधि खरिद गरि विरामीको घर सम्म पुर्याईदिने गरेको उहाँको भनाई छ ।

यदी दीर्घ रोगिहरुलाई औषधि आवश्यक परे सम्पर्क गर्न अनुरोध गर्दै आफ्नो सामाजिक सञ्जाल फेसवुकमा ९८१५३२६०५० र ९८५२०५३५१९ मोवाईल नं राखी सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ । विरामीहरुले औषधि आवश्यक भएको वारे आफुलाई कुनै पनि माध्यमवाट जानकारी गराए पाख्रीवास नगरपालिकाको सम्पूर्ण वडाका त्यस्ता विरामीहरुलाई यो सेवा दिने उहाँले वताउनुभएको छ ।

औषधि किन्न आवश्यक खर्च मात्र विरामीले आफुलाई उपलव्ध गराए पुग्ने र जहाँवाट ल्याउन वा पुर्याउन परेपनि त्यसको खर्च आफ्नो व्यक्तिगत तर्फवाटै वेहोर्ने स्पष्ट पार्दै उहाँले अहिले सम्म त्यस्ता समस्या भएका ११ जना व्यक्ति आफ्नो सम्पर्कमा आएको जानकारी गराउनुभयो । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖