प्रदेश १ मा तीन हजार सात सय ७५ जनाको कोरोना प,रीक्षण – २७ जना आइसोलेसनमा

विराटनगर, बैशाख ९ । प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना प,रीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ४ सय ३८ महिला र २ हजार ६ सय ५९ जना पुरुष छन् ।

ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट जम्मा ६ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ । १ सय ८६ महिला र ४ सय ९२ पुरुषको नमुना परीक्षण भएको हो ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म कूल ९ सय ८२ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा २७ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४ सय ८१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।