काठमाडौंमा २ जना नर्समा कोरोना पोजेटिभ देखियो
काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना सं,क्रमण पोजेटिभ देखिएको छ ।
त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जजना नर्समा २ पटक गरिएको ¥यापिड टेष्ट परीक्षणमा कोरोना सं,क्रमण पोजेटिभ देखिएको हो ।
आरडिटी परीक्षणमा कोरोना सं,क्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई पिसिआर परीक्षण गरिने भएको छ । उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । टेकु अस्पतालकै आइसोलेसनमा उनीहरुको पिसिर हुँदै गरेको बास्तोलाले जानकारी दिए ।


