धनकुटामा उत्पादित तरकारी मात्र जिल्लाका बजारमा विक्रिवितरण गर्न अनुरोध

धनकुटा खबर । जिल्लामा उत्पादित तरकारी मात्र धनकुटाका विभिन्न बजारहरुमा विक्रिवितरण गर्न धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेकाे छ । आज धनकुटाका तरकारी व्यावसायीहरुसंग प्रत्यक्ष रुपमा भेटघाट तथा छलफल गर्दै संघले त्यस्ताे आग्रह गरेकाे हाे ।

महामा,रीको रुपमा फै,लिरहेको कोरोना भाईरसकाे सं,क्रमणबाट सतर्कता अपनाउन घाेषणा गरिएकाे लक डाउनका समयमा अहिलेलाई छिमेकी मुलुक भारत लगायत तराईका जिल्लाहरुबाट धनकुटामा तरकारीहरु निर्यात गरी विक्रि वितरण गर्न बन्द गरिएको भन्दै यहि स्थानिय स्तरमा उत्पादित तरकारी मात्र विक्रि वितरण गर्न तरकारी व्यावसायीहरुलाई आग्रह गरिएको धनकुटा उद्योग बाािणज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

जिल्लामै प्रशस्त मात्रमा ताजा हरियो तरकारी उत्पादन भै नेपालका विभिन्न स्थान सहित छिमेकी मुलुक भारत,बंगलादेश सम्म दैनिक धैरै तरकारि विक्रि वितरण हुदै आएकाेमा पछिल्लाे समय लकडाउनकाे कारण धनकुटाको छथरजोरपाटी गाउपालिका क्षेत्रमा उत्पादित तरकारी अन्यत्र निर्यात हुन छोडेकोले दैनिक ठूलो मात्रमा ताजा तरकारी नष्ट भैरहेको भन्दै संघले त्यस्ताे अाग्रह गरेकाे हाे ।

धनकुटा बजार,हिले बजार लगायत सवै क्षेत्रका तरकारी व्यापारी संग धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राई सहित महासचिव राम वहादुर गोङ्वा,सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्य उज्वल कर्माचार्य लगायतले छलफल गरेका थिए । साे अवसरमा व्यावसायीको समस्याको वारेमा पनि छलफल भएकाे संघले जनाएकाे छ ।

तरकारीको राजधानीकाे रुिमा परिचित छथर जोरपाटी गाउपालिकाका अध्यक्ष शेर वहादुर लिम्बु,उपाध्यक्ष भीमकला श्रेष्ठसंग यसअघि नै संघका पदाधिकारीले भेट गरि याे विषमा छलफल गरिसकेकाे छ ।

सिधुवार, जोरपाटी, मूर्तीढुंगा, भीरगाउँ, परेवादिन लगायत सम्पूर्ण स्थानमा उत्पादित तरकारी जिल्ला कै बजार क्षेत्र र छिमेकी जिल्लाका बजारमा निर्यात गर्ने वारे सरोकारवाला निकायसंग समन्वय, मरार्मश भैरहेको र त्यस तर्फ तरकारी पठाई रहेको संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्गले वताउनु भयो । तरकारी व्यावसायी संग छलफल गर्दै उनीहरुलाई माश्क र सेनिटाईजर समेत प्रदान गरिएको कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।

यहाँ उत्पादित तरकारी छिमेकी मुलुकमा निकासी नहुँदा कृषकहरुलाई दिनप्रतिदिन समस्या भैरहेकोले धनकुटा जिल्लाका सवै तरकारी व्यावसायीहरुलाई यहि उत्पादन भएकाे तरकारी विक्रि गर्न भनिएकाे संघले जनाएकाे छ । साेहि क्रममा संघका पदाधिकारीले तरकारी पसलहरुकाे अनुगमन समेत गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।