र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्समा पीसीआर नेगेटिभ
काठमाडौं, बैशाख १० गते । -यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना सं,क्रमण नेगेटिभ आएको छ ।
केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको -यापिड टेस्टमा पोजेटिभ आए पछि उहाँहरूलाई आइसोलेशनमा राखिएको थियो ।
उहाँहरुको आज पीसीआर परीक्षणमा नेगेटिभ आएको टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनुभयो ।


