धनकुटाको श,हिदभूमीमा बजार अनुगमन

धनकुटा खबर, व‌ैशाख १० । उद्योग बाणिज्य संघ धनकुटाले आज धनकुटाको श,हिदभूमी गाउपालिकाको थलथले र पिप्ले बजारकाे अनुगमन गरेकाे छ ।

लक डाउनको समयमा आपूर्ति व्यवस्थापन सहज बनाई उपभोक्ताहरुलाई सर्वसूलभ मूल्यमा दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्री उपलब्ध गराउने लक्षका साथ ती बजारकाे अनुगमन गर्दै उपभोक्ताहरुलाई स्वास्थ्य तथा सु,रक्षित समाग्रीहरु वितरण गरेको उद्याेग वाणिज्य संघले जनाएकाे छ ।

अनुगमनकाे क्रममा व्यापारी व्यावसायीलाई आ-आफ्नो पसलमा मूल्य सूची अनिवार्य राख्न, समाजिक दुरी कायम गर्न, म्याद सकिएको र अखाद्य वस्तुहरु विक्रि नर्गन अनुरोध गर्दै काेराेना भाईरसकाे सं,क्रमणबाट स,तर्कता अपनाउन उपयाेगरिने सामाग्रि मास्क, सेनिटाईजर र पञ्जा वितरण गरिएकाे थियाे ।

स्वास्थ्य सामाग्री वितरण तथा वजार अनुगमन टाेलिमा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,महासचिव राम वहादुर गोङ्वा तामाङ्ग,सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायत सञ्चारकर्मी र सूर,क्षाकर्मीहरुकाे सहभागीता थियो ।

थलथले बजारको अनुगमन गर्दै सहिदभूमी गाउपालिका वडा नं. ६ वडा कार्यालयलाई हात धुने हेण्डवास,माश्क,सेनिटाईजर,पञ्जा वडाध्यक्ष हेम कुमार राईलाई प्रदान गरिएको थियाे ।

साेहि अवसरमा शहिदभूमि गाउपालिमा उत्पादित तरकारी तथा फलफुल निर्यातकाे विषयमा गाउपालिका अध्यक्ष मनाेज राई, प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्य सहित सराेकारवाल निकायका प्रमुख एवम् प्रतिनीधि सँग छलफल गर्दै त्यहा स्थापना गरिएकाे क्वारेन्टाईन डेक्सकाे अवलाेकन समेत गरिएकाे संघले जनाएकाे छ । छलफलकाे क्रममा गाउपालिका अध्यक्ष राईले साे गाउपालिकामा दैनिक उपभाेग्य सामाग्री सहज रुपमा उपलव्ध भईरहेकाे जानकारी गराउनुभयाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।