जनगुनासो आएसँगै धनकुटामा बजार अनुगमन सुरु
धनकुटा खबर, १६ बैसाख । धनकुटा उद्योग वाणिज्य संघले दैनिक उपभोग्य समाग्रीहरुको निर्यात, आर्यात र मौज्जाद तथा मुल्यको अवस्था लगायत विविध बिषयमा बजार अनगुमगन सुरु गरेको छ ।
लक डाउनको सयममा धनकुटा बजारमा दैनिक उपभोग्य तथा अत्यवाश्यक वस्तुहरु समाग्रीहरुको आर्यात, निर्यात,मौज्जाद तथा मुल्यको अवस्थाको वारेमा धनकुटा उद्योग बाणिज्य संघले अनुगमन सुरु गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
दैनिक उपभोग्य वस्तु तथा अत्यावाश्यक वस्तुहरुको मुल्यको विषयमा उपभोक्ताहरुको जनगुनासो आउन सुरु गरेकोले बजारमा आन्तरीक अनुगमन गरेको धनकुटा उद्योग बाणिज्य संघका कोषध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।दैनिक उपभोग्य समाग्रीहरु निर्यात तथा आर्यातमा लगायत व्यापार व्यावसायमा समस्या परेमा धनकुटा उद्योग बाणिज्य संघले सहजीकरण गर्ने तर कालो बजारी र मल्य वृद्धि नगर्न भने सचेत गराएको अध्यक्ष राईले बताउँनु भयो ।
धनकुटा जिल्लाका सवै बजार क्षेत्रहरुमा क्रमस धनकुटा उद्योग बाणिज्य संघले बजार अनुगमन निरन्तर रुपमा गर्ने धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर गोङ्वा तमाङ्गले जानकारी दिनु भएको छ । धनकुटा उद्योग वाणिज्य संघले निरन्तर बजारको अनुगमन गर्ने र अहिले सम्म व्यावसायी र उपभोतmाले मार पर्ने किसिममा कार्य बजार अनुगमन गर्दा नपाइएको वाणिज्य संघले जनाएको छ ।


