राहत वितरणबारे नेकपा धनकुटाको यस्तो निर्णय

धनकुटा, वैशाख १८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाले कोरोना भाईरस (कोभिड -१९) र राहत वितरणको सम्वन्धमा विभिन्न निर्णय गरेको छ ।

नेकपा जिल्ला कमिटी अध्यक्ष राजेन्द्र राईको संयोजकत्वमा आज भएको छफलफलमा पहिलो चरणको राहत वितरणमा कमिकमजोरी देखीएको भए त्यसको समिक्षा गर्दै राहत वितरण कार्यविधिको पूर्ण पालना गरी दोश्रो चरणको राहत वितरण गर्ने, राहत वितरणमा लक्षित व्यक्ति र परिवारको पहिचान गरि उनिहरु सम्म राहत पुर्याउनुपर्ने, क्वारेन्टाईन केन्द्रहरु व्यवस्थित र विस्तार गर्ने, कोरोना भाईरस सम्वन्धि भ्र,म र त्रा,स न्यूनिकरण गर्न स्वास्थ्यकर्मी परिचालन गरी सामाजिक मनोविमर्शका कार्य सञ्चालन गर्ने लगायत निष्कर्ष निकालिएको नेकपा धनकुटाले जनाएको छ ।

त्यस्तै गरी कृषी उपज विक्रि वितरण र ढुवानीमा रो,कतोक नलागेको हुँदा यसमा समस्या देखिए पार्टी प्रतिनीधि, जनप्रतिनीधि र स्थानिय प्रशासन वीच समन्वय गरी समाधान गर्ने, राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाहरुमा काम गर्ने नाममा सामान र कामदारहरु ल्याउने विषयमा विषेश सचेतना अपनाउने, काठमाण्डौ लगायत जिल्ला वाहिर रहेका र समस्यामा परेकाहरुको पहिचान गरी राहत उपलब्ध गराउन प्रयत्न गर्ने, स्थानिय सरकाहरुले संकटमोचनका लागि राहत वितरण गर्न बजेटको व्यवस्था गर्ने र यसमा पूर्णरुपमा एकद्धा,र प्रणालीको नीति अवलम्वन गर्ने, पार्टी र स्थानिय सरकारको संयोजनमा वडा तह सम्मै घनिभुत रुपमा छलफल गर्ने, सबै स्थानिय कमिटीहरुले अनिवार्य रुपमा अनुगमन समिति वनाउने र तोकिएको मापदण्ड (सामाजिक दूरी) पूरा गरी वैठक वस्न पनि भनिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।