आज २५६४ औँ बुद्ध जयन्ती तथा उभौली , घरमै बसेर मनाउन आग्रह

काठमाण्डौ – आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४ औँ बुद्ध जयन्ती। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।

यो वर्ष कोभिड–१९ को स ङ्क्रमणबाट बच्न चलिरहेको ल कडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत ठाउँमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर पूजालगायत विधि मात्र पूरा गर्ने भएका छन् । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसैबीच सरकारले आज बेलुकी घरमै दी पावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती तथा को रोना भा इरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वा स्थ्यकर्मी, सुर क्षाकर्मी र स्वयं सेवकप्रति सम्मान, स ङ्क्रमितको शीघ्र स्वा स्थ्य लाभको कामना र ज्यान गु माएकाको शान्तिका लागि आज बेलुकी सात बजे घरघरमा दिपावली गर्न आग्रह गर्नुभएको हो ।

यसैबीच आज चण्डी पूर्णिमा अर्थात् किराँत राई समुदायले मनाउने उभौली पर्व । उभौली पर्वमा भूमेस्थानमा पूजा गर्ने गरिन्छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ । गर्मी सुरु हुने भएकाले मानिस बेँसीबाट लेकतिर अर्थात् उँभो लाग्ने भएकाले चण्डी पूर्णिमाको दिन उभौली पर्व मनाउने गरिएको सँस्कृतिविद्हरुले बताउने गरेका छन् ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । आजको दिन चण्डी नाच नाचिने भए पनि यसपटक लकडाउनका कारण चण्डी नाच प्रभावित हुने भएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुभकामना दिनुभएको छ ।-उज्यालो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖