नेपालमा थप १ जना कोरोना सं,क्रमित भेटिए – संख्या १०२ पुग्यो
काठमाण्डौं । शुक्रबार नेपालमा थप एक जना कोरोना सं,ङक्रमित व्यक्ति भे,टिएका छन् । भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले आज प्रेस व्रि,फिङ्गमा सो कुरा बताएका हुन् । आजसम्म नेपालमा कोरोना सं,क्रमित व्यक्तिको संख्या १ सय २ पुगेको छ । जसमध्ये ७४ जना पुरुष हुन् भने २८ जना महिला छन् । तीमध्ये केही नावालक पनि छन् ।
प्रदेश अन्तरगत सङक्रमित हेर्ने हो भने प्रदेश १ मा ३१ जना प्रदेश २ मा ३० जना बाग्मती प्रदेशमा ७ जना गण्डकी प्रदेशमा २ जना प्रदेश ५ मा २७ जना कर्णाली प्रदेशमा शुन्य र सुदुरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय २ जना सं,क्रमित भेटिएका हुन् ।


